शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • फिल्मी बिहेमा खुलेकी सारा

फिल्मी बिहेमा खुलेकी सारा

  • आइतवार, फाल्गुन १९, २०७५
फिल्मी बिहेमा खुलेकी सारा

यो बर्ष रिलिज भएको चलचित्र ‘सुश्री सम्पत्ती’मा काम गरेकी नायिका सारा सिर्पाली यसपछि केही सुस्ताइन् । यो चलचित्र चलिदिएको भए उनी अन्य चलचित्रमा व्यस्त हुने पक्का थियो । तर, चलचित्र नचल्दा सारालाई केही समस्या भएको छ ।

तर, सारा म्यूजिक भिडियो, चलचित्रमा अतिथी कलाकारको रुपमा भने व्यस्त छिन् । हालैमात्र, उनले चलचित्र ‘जात्रै जात्रा’मा समावेश एक लोकलयको गीतमा अतिथी कलाकारको रुपमा काम गरेकी छिन् ।

यो चलचित्रको गीतमा अतिथी कलाकारको रुपमा देखिन लागेकी सारा निकै खुलिन् । बास्तविक जीवनमा कसैको बिहेका यति धेरै खुल्नुभएको छ भन्ने प्रश्नमा उनले भनिन्–‘यो चलचित्र भएर खुल्नु परेको हो । वास्तविक जीवनमा त म अहिलेसम्म बिहेमा पुग्दा यसरी खुलेकी नै छैन ।’ सारा चलचित्रमा सफल हुन नसकेपनि उनको सुन्दरताको चर्चा भने खुबै हुने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार