शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • हिंसा न्यूनिकरणका लागि महिला र पुरुषलाई तालिम

हिंसा न्यूनिकरणका लागि महिला र पुरुषलाई तालिम

  • शनिबार, फाल्गुन १८, २०७५
हिंसा न्यूनिकरणका लागि महिला र पुरुषलाई तालिम

बडिमालिका खबर
फागुन, १८ बाजुरा
महिला हिंसा न्यूनिकरण गर्न महिला र पूरुषलाइ तालिमको आयोजना गरिएको छ । बडिमालिका नगरपालिका भित्रका महिला र पुरुषलाई सम विकास तालिमको आयोजना गरिएको हो । नगरपालिका भित्र महिलामाथी हुने हिसांलाई न्यूनिकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको महिला बिकास सहायक निरीक्षक तथा बडिमालिका नगरपालिका बिन्दु बडालले बताएकी छन ।
नगरपालिका भित्र रहेका पुरुष र महिला समबिकास तालिम पश्चात हिसांका घटनाहरु न्यूनीकरण गर्ने सो कार्यक्रमको उद्धेस्य रहेको बडालले बताएकी छन । नगरपालिकाको वडा नम्बर ८ भित्रका महिला र पुरुष गरि २५ जनालाइ सो तालिममा सहभागी गराईएको बताईएको छ । महिलालाई मात्र नभई पुरुषलाई पनि महिला सँगै राखेर तालिम सञ्चालन गर्दा महिला हिशां न्युनिकरणमा सहयोग पुग्ने भएकाले महिला र पुरुषलाई सँगै राखिएको बडालले वताईन् ।
दुई दिन सम्म संचालन हुने तालिममा बडीमालिका नगरपालिकाको हलमा एक कार्यक्रमका बिच उद्धधाटन गरिएको छ । बडीमालिका नगरपालिका उपप्रमुख कविता बिष्टको प्रमुख आतिथ्यमा संचालन भएको तालिमको प्रशिक्षण महिला बिकास सहायक निरीक्षक बिन्दु बडाल र मनीराम खत्रीले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार