शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अनु र गौरवको ‘पसिना’ २७ वैशाखमा

अनु र गौरवको ‘पसिना’ २७ वैशाखमा

  • शनिबार, फाल्गुन १८, २०७५
अनु र गौरवको ‘पसिना’ २७ वैशाखमा

अभिनेत्री अनु शाह र अभिनेता गौरव पहाडीको रिल रोमान्स रहेको फिल्म ‘पसिना’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म नयाँ बर्षको वैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउने निर्देशक आर.बी. खत्री ‘शरद’ले जानकारी दिए ।

फिल्मको लेखन पनि निर्देशक शरदले गरेका हुन् । मजदुरको कथा उठाएको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने निर्देशक शरदले बताए ।

नन स्टप क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शान्ता ढकालले निर्माण गरेकी हुन् । उनलाई निर्माणमा संजय महतोले सघाएका छन् ।

फिल्ममा गौरव पहारी, अनु शाहको साथमा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुर्जन केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

राम केसीको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटी, दिपक शर्मा र फिरज राइको संगीत रहेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार