बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • योगेश भट्टराई पर्यटनमन्त्री बन्ने

योगेश भट्टराई पर्यटनमन्त्री बन्ने

  • शनिबार, फाल्गुन १८, २०७५
योगेश भट्टराई पर्यटनमन्त्री बन्ने

फागुन १८ काठमाण्डौ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रीमण्डल पुनर्गठनबारे शुक्रबार राति छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल पुनर्गठनबारे करिब डेड घण्टा छलफल भएको नेकपा स्रोतले जानकारी दिएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको अन्तिम संस्कारपछि भएको छलफलमा सरकारको काम प्रभावकारी नभएको भन्दै दुवै अध्यक्ष मन्त्रीहरु हेरफेर गरेर भएपनि अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार रिक्त भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजाने बारे अध्यक्षद्धय बीच प्रारम्भिक सहमति भएको बुझिएकोछ ।तर, त्योभन्दा अगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लैजाने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई विष्टको ठाउँमा लैजाने विषयमा छलफल भएको छ ।भौतिक मन्त्री रघुवीर महासेठलाई भने हटाउने मनसायमा ओली पुगेको बताइएको छ । तर यस विषयमा अन्तिम निर्णय भने ओलीले लिइसकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा छलफल जारी छ ।

दैनिक पाना बाट

चर्चामा

सम्बन्धित समाचार