बुधबार, बैशाख १२, २०८१

गजल

  • शनिबार, फाल्गुन १८, २०७५
गजल

 पसिना बेच्छु तर ईमान बेच्ने छैन

सके किन्छु नसके मैदान बेच्ने छैन

बेच्नै परे बरु म मेरो लास बेच्छु

देश मिसिएको चिहान बेच्ने छैन

ब्यापार गर्छु गुजारा चलाउनलाई

फूलअक्षता बेच्छु भगवान बेच्ने छैन

सगरमाथा किन्छु भन्छन् छिमेकीले

मेरो शिर बेच्छु पहिचान बेच्ने छैन

जय ओलि(बजुरेल कान्छो ) हाल: काठमाडौ

चर्चामा

सम्बन्धित समाचार