बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काग्रेसकाे माग :हिन्दुराष्ट

नेपाली काग्रेसकाे माग :हिन्दुराष्ट

  • शुक्रबार, फाल्गुन १७, २०७५
नेपाली काग्रेसकाे माग :हिन्दुराष्ट

जनमत संग्रह गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ महामन्त्री कोइराला

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं। ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा। कोइरालाले सो कुरा वताएका हुन् ।

कोइरालाले नेपाल सतातन वैदिक धर्मको भूमि रहेको उल्लेख गर्दै नेपाल धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने बताए । डा। कोइरालाले भने, ुधर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ र सवैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ।ु वीपी पुत्र समेत रहेका डा। कोइरालाले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले होली वाइन पिउँदा समेत धार्मिक गुरुहरु नवोलेको भन्दै नेपालमा धार्मिक अतिक्रमण भैरहेको आरोप लगाए । उनले केहि धर्मको नाम लिँदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन आग्रह गरे। आफूले वीपीको पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने उद्घोष समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पार्टि सभापति भुवन श्रेष्ठले स्थायी सरकार स्थानीय सरकारलाई उपयोग गर्दै प्राविधिक तथा व्यावसायीक धारमा शिक्षा सुरुवात गर्न सुझाव दिए । त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य चन्द्र केसीले धर्म र संस्कृति माथि आक्रमण भैरहेको भन्दै हिन्दू राष्ट्र हुनुपर्ने माग गरे । कार्यक्रम मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेको अध्यक्षता, प्रधानाध्यापक वुद्धि प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षक धनपति खरेलको संचालनमा सम्पन्न भएको थियो ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् ।

कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ। हाल सम्म झण्डै ४ करोड रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ

२०१६ सालमा स्थापना भई गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन्। कार्यक्रमको फागुन १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्टले उद्घाटन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार