शुक्रबार, बैशाख ७, २०८१

गजल

  • बिहिबार, फाल्गुन १६, २०७५
गजल

यो देशमा अब चाडै आउलाकित शान्ति
गाउँ सहर जताततै छाउलाकि त शान्ति ।।

खालि नाडि घाँटी अनि उजाडेको सिन्दुर
टुहुरा र बिधवाले पाउलाकि त शान्ति ।।

उडेनन यो आकाशमा शान्तिका ती प्रतीक
डाफे मुनाल कोइलिले गाउलाकि त शान्ति ।।

बन्द भा को बिकास निमाण बाटाघाटा तिर
फेरि बिकास बोकि धाउलाकि त शान्ति।।

शान्ति भुमि छोडिकन टाढा हुने छैन अनि
अजम्बरि बाचा कसम खाउलाकि त शान्ति।।

आशा कुमारी थापा बाजुरा
हाल काठमाडौ

चर्चामा

सम्बन्धित समाचार