शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • धनगढी पुगेर देउवाले भने–ओलीले भन्दैमा राजधानी गोदावरीमा हुन्छ ?

धनगढी पुगेर देउवाले भने–ओलीले भन्दैमा राजधानी गोदावरीमा हुन्छ ?

  • बिहिबार, फाल्गुन १६, २०७५
धनगढी पुगेर देउवाले भने–ओलीले भन्दैमा राजधानी गोदावरीमा हुन्छ ?

पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दावी गरेका छन्। नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दैमा राजधानी गोदावरीको तेघरीमा उपयुक्त नहुने बताएका हुन्।

पत्रकारहरुले राखेको जिज्ञाशामा देउवाले ओलीले भन्दैमा तेघरी राजधानी नहुने बताए। देउवाले तेघरीको जंगल फडानी गरेर राजधानी बनाउनु कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको तर्क गरे। उनले तेघरीमा जंगल फडानी गरेर राजधानीका लागि संरचना बनाउनु खर्च गर्ने दाउ मात्र भएको तर्क गरे। तेघरीमा जंगल फडानी गरी राजधानीका लागि संरचना बनाउने बजेट विकासमा खर्च गर्नुपर्ने देउवाको भनाई छ। सबैसँग सल्लाह गरेर धनगढी र अत्तरियाको बिचमा समेत राजधानी बनाउन सकिने उनको जोड थियो।

भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न मुस्किल हुने भएकाले तयारी अवस्थामा रहेका संरचनालाई नै प्रयोग गर्न उचित हुने देउवाको मत थियो। यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पनि प्रदेशको नामाकरण र राजधानीका विषयमा सुदूरपश्चिमका पहाडी जिल्लाका जनता खुसि नभएको बताएका छन्।

केही दिनयता सुदूरपश्चिममै रहेका भट्टराईले काठमाडौँ फर्किने क्रममा गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सुदूर पहाडका जनताले नाम र राजधानी उपयुक्त नभएको गुनासो गरेको जनाए।

तर गोदावरीमा राजधानी राख्ने निर्णय सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले पारित भईसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडी सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै गोदावरीमा राजधानी उपयुक्त भएको दावी गरेका थिए।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार