शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • सुदूरपश्चिममा नीजिमा पढेका विद्यार्थीलाई सरकारीबाट एसइई दिन लगाउने गिरोह सक्रिय

सुदूरपश्चिममा नीजिमा पढेका विद्यार्थीलाई सरकारीबाट एसइई दिन लगाउने गिरोह सक्रिय

  • मङ्लबार, फाल्गुन १४, २०७५
सुदूरपश्चिममा नीजिमा पढेका विद्यार्थीलाई सरकारीबाट एसइई दिन लगाउने गिरोह सक्रिय

२०७५ फाल्गुन १४,  धनगढी

सुदूरपश्चिममा १० सम्म नीजि स्कुलमा पढेका विद्यार्थीलाई सामुदायिक विद्यालयबाट एसइई परिक्षा दिन लगाउने गिरोह सक्रिय भएको छ। भविष्यमा पाउने सहुलियतका लागि नीजि र सरकारी विद्यालयको मिलेमतोमा १० सम्म नीजिमा पढेका विद्यार्थीलाई पनि सरकारी स्कुलबाट एसइई दिन लगाउने गिरोह सक्रिय भएको हो। यस्को प्रभाव कैलाली जिल्लामा सबैभन्दा बढि देखिएको छ। चैतमा हुने एसइइका लागि विभिन्न कागजातहरु मिलाउँदै नीजिमा पढेका विद्यार्थीहरुले सामुदायिकबाट एसइइ दिने मेसो मिलाईसकेका कैलालीका एक जना विद्यार्थी नेता डम्मर भट्टराईले बताए।

सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने नियम रहेको छ। बोर्डिङ स्कुलमा पढेकालाई अधिकासं आरक्षण कोटामा बन्देज लगाउने सरकारी प्रावधान रहेको छ। त्यसैले १० सम्म नै नीजि विद्यालयमा पढेका विद्यार्थीहरु पनि सरकारी विद्यालयबाट एसईइ दिने व्यवस्था मिलाउन सरकारी र नीजि विद्यालयको नेतृत्व नै सक्रिय रहदै आएको छ। उनीहरु आर्थिक प्रलोभनमा पर्दै यस्तो गरिरहेको आरोप पनि लाग्दै आएको छ। तर नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिमवहादुर बलायरले भने केहि टाठाबाठाहरुले त्यस्तो गरे पनि ठुलै समस्या नरहेको बताए।

२०६४ सालदेखि सरकारले विपन्न, गरिब तथा पछि परेका सबै पक्षको सार्थक सहभागिता वृद्धि गर्नका लागि निजामती सेवामा निश्चित कोटा सहित आरक्षणको व्यवस्था लागू गर्दै आएको छ। तर नीजि विद्यालयमा पढेर सरकारीबाट एसईइ दिने परिपाटी हावी भएपछि समावेशी प्रणाली प्रभावकारी हुन सकेको छैन्। शिक्षा विकास तथा समन्वय शाखा कैलालीका शाखा अधिकृत प्रताप धामीले सो बारेमा गुसो नआएको तर आशंका भने गरिएको बताए।

अहिले माध्यमीक तह सम्मको सम्पूण शिक्षाको अधिकार स्थानीय तहलाई दिईएको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि झन उनीहरुको दवावमा नीजिमा पढेका विद्यार्थीलाई सामुदायिक स्कुलबाट एसईइ दिन लगाउने परिपाटी बढेको पनि आरोप लाग्दै आएको छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका नीजि विद्यालयमा पढ्ने धेरै विद्यार्थी त पहाडी जिल्लामा गएर सरकारी विद्यालयबाट एसईइ दिने तयारीमा छन्। नियम अनुसार एसइइमा सहभागि हुन कम्तिमा पनि ७५ प्रतिशत हाजिरी अनिवार्य हुन्छ तर बर्षभरी नीजि विद्यालयमा पढेर सरकारी विद्यालयमा एक दिन समेत हाजरी नहुँदै एसइइ दिने तयारी हुँदा समेत नियमनकारी मौन छन्।
 साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार