शुक्रबार, चैत्र १६, २०८०

गजल दियो वाती

  • सोमवार, फाल्गुन १३, २०७५
गजल दियो वाती

गजल दियो वाती बन तिमी तेल बनुला म।

मायाप्रेमको कैदी बन जेल बनुला म।।

गरौँ सम्झौता मायाको त्यो कठघेरामा उभी,

मिल्छ भने मैदान बन खेल बनुला म।।

आँधी आवस हुरी आवस मायाको नै,

सधैंभरी खहरे बन भेल बनुला म।।

कसम खाँउ अब हामी सङ्गै जीउनलाई,

मायारुपी रेलअवे बन रेल बनुला म।।

– सुरेन्द्र शाही “गुलाव कान्छो”, बाजुरा

हाल बाँसबारी,काठमाडौं

चर्चामा

सम्बन्धित समाचार