शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • एनसेल बम आक्रमणको जिम्मा विप्लब मावोबादीले लियो

एनसेल बम आक्रमणको जिम्मा विप्लब मावोबादीले लियो

  • आइतवार, फाल्गुन १२, २०७५
एनसेल बम आक्रमणको जिम्मा विप्लब मावोबादीले लियो

काठमाडौँ । गत शुक्रबार राति एनसेल मुख्यालयसँगै देशका विभिन्न भू-भागमा रहेका टावरमाथि भएको आक्रमणको जिम्मा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले लिएको छ।घटना भएको तेस्रो दिन आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीले एनसेलमाथि देशैभर कारबाही गरेको स्वीकारेको हो।

विप्लव नेतृत्वको माओवादी समूहको मुखपत्र रातोखबर डटकममा समाचार प्रकाशित गर्दै एनसेल आक्रमणको जिम्मा लिइएको हो।पार्टीले यसअघि एनसेलमाथि ७३ अर्ब रुपैयाँभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णय पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवालाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले यसअघिदेखिनै निरन्तर आक्रमण गर्दै आएको थियो।

यसैक्रममा फागुन १० गते बागलुङ, म्याग्दी, कास्की, नवलपरासी, अछाम, कञ्चनपुर, धादिङ, काभ्रे, रौतहट, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा रहेका मुख्य वेसस्टेशन साइडहरुमा आक्रमण गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ।

त्यही क्रममा ललितपुरमा भएको दुःखद घटनालाई लिएर पार्टीको व्यक्ति वा सर्वसाधारण प्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र यो दुर्घटनामा पार्टी पङ्क्ति दुःखित भएको नेकपाले जनाएको छ
३८ पटक पढीएको ।

चर्चामा

सम्बन्धित समाचार