बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राजनीति
  • मार्क्सवादी लेखक श्रेष्ठको निधन, कम्युनिष्ट नेताहरूले निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरे

मार्क्सवादी लेखक श्रेष्ठको निधन, कम्युनिष्ट नेताहरूले निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरे

  • शनिबार, फाल्गुन ११, २०७५
मार्क्सवादी लेखक श्रेष्ठको निधन, कम्युनिष्ट नेताहरूले निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरे

११ फागुन, काठमाडाैँ । मार्क्सवादी लेखक कृष्णदास श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारकोक्रममा शनिबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । गत शुक्रबारदेखि छातिमा संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

८७ वर्षिय श्रेष्ठले माक्सवाद सम्बन्धी पुस्तकहरु लेखेका छन् । श्रेष्ठ पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका सल्लाहकार परिषद्का संयोजक समेत रहेका थिए ।

श्रेष्ठको पार्थिव शरीरमा पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले निवासमै पुगेर  श्रद्धाञ्जली व्यक्त गरेका छन । त्यस्तै नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरूले पनि श्रेष्ठको सार्थिव शरिरमा फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरे । श्रेष्ठको शनिबार नै साँझ पशुपति अार्यघाटमा अन्त्यष्टि हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार