शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • काभ्रेमा ‘डन’ सत्यमानको आतंक, डरायो प्रहरी

काभ्रेमा ‘डन’ सत्यमानको आतंक, डरायो प्रहरी

  • शनिबार, फाल्गुन ११, २०७५
काभ्रेमा ‘डन’ सत्यमानको आतंक, डरायो प्रहरी

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्ष सलामसिंह लामासँग मिलेर ‘गुण्डा नाइके’ सत्यमान लामासहितका तस्करहरू बालुवा खानीमा घोटाला गरेपछि स्थानीयले विरोध गरेका छन् ।

करोड ५० लाखको बालुवा उत्खननसम्बन्धी टेण्डरलाई सत्यमानको समू हले सेटिङ मिलाएर ४० प्रतिशत कम गराएर लिएपछि स्थानीयहरू विरोधमा सडकमै उत्रिएका हुन् ।

मिलाएर सत्यमानले १ करोड ५० लाखको बालुवा उत्खननको ठेक्का ८० लाखमा झ्वाम पारेका छन् ।

तेमाल गाउँपालिका वडा नं. २ र ३ को सुनकोशी नदीको बगरमा बालुवा उत्खननमा सत्यमान र सलामसिंहको एकलौटी धन्दा शुरु भएको आरोप स्थानीयले लगाएका छन् ।

काभ्रेका साथै काठमाडौं उपत्यकाभित्र विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा गुण्डा नाइके सत्यमानलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पटक पटक पक्राउ गरिसकेको छ ।

महिना अगाडि महानगरीय अपराध महाशाखा टेकुका प्रमु ख एसएसपी धिरजप्रताप सिंहले सत्यमानलाई छाड्न इन्कार गर्दा नेकपाकी सांसद नवीना लामाले उत्पात मच्चाएकी थिइन् ।

नवीनाकै जमानीमा हिरासतमुक्त भएका सत्यमानको आतंक रोकिएको छैन ।सत्यमानसहितका बालवा तस्करहरूको गिरोहले अध्यक्ष सलामसिं हसँग मिलेर गाउँपालिकालाई राजश्वमा नोक्सानी हुने गरेर सम्झौता गरेको आरोप छ ।

अध्यक्ष सलामसिंह नाताले ‘गुण्डा नाइके’ सत्यमानका मामा पर्छन् ।काभ्रेमा गुण्डा नाइके सत्यमानले उथलपुथल र बालुवा काण्डमा आतंक मच्चाउँदा पनि स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।प्लेकार्ड र नारावाजीस हित बेलाबेला प्रदर्शनमा उत्रिने स्थानीय पीडितहरूले उत्पान मच्चाउने ‘गुण्डा नाइके’ सत्यमानलाई प्रहरी प्रशासनले नै संरक्षण गरेको आरोप लगाउन थालेका छन् ।सत्यमानले नदी छेउमा रहेका बस्ती, विद्यालय र स्वास्थ्यचौकीलाई समेत असर पर्ने गरेर स्काभेटर प्रयोग गर्ने गरेका छन् । स्थानीयले विरोध गरेपछि आफू निकटका गुण्डाहरू प्रयोग गरेर सत्यमानले सर्वसाधारणलाई धम्काउने गरेको आरोप छ ।

दुवाकोट कन्ट्रक्सन एवम् सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमानले आफूलाई लागेका सबै आरोपहरू खण्डन गरेका छन् । उनले आफू विशुद्ध व्यवसायी भएको दाबी गर्दै आएका छन् ।सत्यमानले दुई दिन अगाडि काभ्रेमा पत्रकार सम्मेलन गरेर बालुवा उत्खननमा आफूमाथि लागेको आरोप र अन्य विविध विषयमा जानकारी गराएका थिए ।सम्झौतामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र खन्न पाउने सम्झौता छ । तर, सत्यमानले मध्यराति १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीयले बताए ।आफूविरुद्ध आन्दोन शुरू गरेका स्थानीयहरूलाई ‘गुण्डा नाइके’ सत्यमानले धम्की दिएर कुनै पनि खालका प्रदर्शन नगर्न चेतावनी दिएका छन् ।

सत्यमानले ‘नेता, प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई समेत किनिसकेको छु’ भन्दै धम्काउने गरेको एकजना पीडित चन्द्र लामाले बताए । ‘तिमीहरूले केही गर्न सक्दैनौ सके रोक’ भनेर सत्यमानले धम्की दिएको उनले बताए ।सत्तारुढ दलका सांसद र नेताहरू को संरक्षण सत्यमानलाई भएपछि प्रहरीले पनि बालुवाकाण्डमा हात हाल्न सकेको छैन ।गुण्डा नाइके सत्यमानले नेकपाका सांसद गंगाबहादुर दोङलाई गाडी किनिदिएको कुरा आफू निकटकाहरूलाई भन्ने गरेका छन् । सांसद दोङलाई जिताउन आफूले ठूलो योग दान दिएको गुण्डा नाइके सत्यमानले बताउने गरेका छन् ।

हाम्राे इकाेनाेमीबाट

चर्चामा

सम्बन्धित समाचार