• होमपेज
  • राजनीति
  • इन्चार्ज रावल र आफ्नो बिच कुनै बिबाद छैन – नेकपा प्रदेश अध्यक्ष कर्ण थापा

इन्चार्ज रावल र आफ्नो बिच कुनै बिबाद छैन – नेकपा प्रदेश अध्यक्ष कर्ण थापा

  • शुक्रबार, फाल्गुन १०, २०७५
इन्चार्ज रावल र आफ्नो बिच कुनै बिबाद छैन – नेकपा प्रदेश अध्यक्ष कर्ण थापा

धनगढी,फागुन १० ।
नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा ले आफु र प्रदेश इन्चार्ज बिच कुनै बिबाद नरहेको बताउनु भएको छ । शुक्रबार धनगढीमा पत्रकार सँगको भेटघाटमा उँहाले यस्तो बताउनु भएको हो । ‘इन्चार्ज र अध्यक्ष को बिचमा बिबाद हुने कुनै कारण छैन’, उँहाले भन्नु भयो -‘ अब कसैले ब्यक्तीगत स्वार्थका कारण मिडियामा लेख्न लगाएर बिबाद हुने कुरा भएन ।’

अध्यक्ष थापाले पार्टीलाई मजबुत बनाउने बिषयमा आफुहरु लागेकोले यस्ता बिबादको अर्थ नरहने दाबी गर्नु भयो । थापाले पार्टी एकताले पुर्ण रुप नपाउंदा प्रदेश सरकार ,स्थानिय सरकार र पार्टी बिच ठीक ढंगले समन्वय हुन नसकेको स्विकार गर्नु भयो ।

सुदुरपश्चिम प्रदेशमा पार्टीका अध्यक्ष सहित भएको कार्यक्रमले देशभर राम्रो सन्देश गएको उँहाको भनाई रहेको छ । अध्यक्ष थापाले सुदुरपश्चिम प्रदेशलाई आगामी ४ बर्ष भित्र कस्तो बनाउने भन्ने बिषयमा पार्टीले अब स्पष्ट खाका बनाउने समेत दाबी गर्नु भयो ।

उँहाले सुदुरपश्चिम प्रदेश स्तरिय कार्यकर्ता प्र शिक्षण कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यबाद समेत दिनु भयो ।

रेडीयाे कैलालीबाट

चर्चामा

सम्बन्धित समाचार