• होमपेज
  • राजनीति
  • नेकपा सचिवालयद्वारा पार्टी एकता कार्यदल विघटन

नेकपा सचिवालयद्वारा पार्टी एकता कार्यदल विघटन

  • शुक्रबार, फाल्गुन १०, २०७५
नेकपा सचिवालयद्वारा पार्टी एकता कार्यदल विघटन

काठमाडौं, फागुन १०ः स्थायी कमिटीले पार्टी एकताका बाँकी काम टुङ्गो लगाउन गठन गरेको कार्यदल नेकपा सचिवालयको बैठकले भङ्ग गरेको छ । कार्यदलले बिहीबारको बैठकमा बाँकी काम टुंगोमा पु¥याउन एक साताको समय लिखित रूपमा माग गरेको भए पनि शुक्रबार बिहानै बसेको सचिवालय बैठकले कार्यदल विघटन गरिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, अब बाँकी काम सचिवालयले नै गर्नेछ । सचिवालयले तयार गरेको पार्टी एकतासम्बन्धी प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए ।

नेकपा स्थायी कमिटीको दुई महिनाअघि पुस १३ गतेको बैठकले पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजनदेखि प्रदेश कमिटीको समीक्षा गर्ने, जिल्ला नेतृत्वको मापदण्ड बनाउने, पार्टीका आयोगहरू, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट र जनसंगठन एकीकरण प्रस्ताव तयार पार्ने जिम्मा सहित नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।

संयोजक रामबहादुर थापालाई तोकेको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन, लेखराज भट्ट थिए ।

प्रदेश कमिटी गठनबारे अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालले नेतृत्व गरेको पूर्वएमालेका दुई गुटबीच विवाद भएको बताउँदै संयोजक थापाले बैठकै नडाकी कार्यदल ‘असफल’ भएको भनी सचिवालयका रिपोर्टिङ गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार