शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • शुक्रबारबाट हलमा तीन नेपाली सिनेमा रिलिज (भिडीयाे सहित)

शुक्रबारबाट हलमा तीन नेपाली सिनेमा रिलिज (भिडीयाे सहित)

  • शुक्रबार, फाल्गुन १०, २०७५
शुक्रबारबाट हलमा तीन नेपाली सिनेमा रिलिज (भिडीयाे सहित)

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबार बाट तीन नेपाली सिनेमाले आफ्नो प्रदर्शनको सुस्वात गरेका छन् । यो हप्ताबाट एकसाथ प्रदर्शनमा आएका तीन सिनेमा सिंगल थिएटरमा रिलिज भएका छन् । ’रुमालै छ चिनो’, ’फिङ्गर प्रिन्ट’ र ’ब्वाईफ्रेण्ड’ सिनेमाले एकसाथ प्रदर्शनको सुरुवात गरेका हुन् । यी तीन सिनेमाले निर्माताले सर्वाधिक शेयर हात पर्ने मल्टिप्लेक्सहरुमा भने सोज पाएका छैनन् ।

लोक दोहोरी क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको दिनेश सिंह ठकुरी निर्देशित सिनेमा ‘रुमालै छ चिनो’ मा अभिनेता सुशान्त कार्की र नायिका अप्सना थापा मुख्य भुमिकामा छन् । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा सिनेमा निर्माण भएको छ ।

सिनेमामा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ । बिनोद सापकोटाले छायांकन रहेको यस सिनेमामा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारहरुका पनिे अभिनय रहेको छ । सिनेमाको कथा रेशम थापाले लेखेका हुन् ।

यही वीच आज शुक्रबारबाट केही वर्ष पहिले निर्माण भएको सिनेमा फिङ्गर प्रिन्टले पनि आफ्नो प्रदर्शनको सुरुवात गरेको हो । नविन निरौला निर्देशित सिनेमा ‘फिङ्गर प्रिन्ट’ लाई अनिल श्रेष्ठ (रोमन)ले निर्माण गरेका हुन् । सिनेमामा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसालल गायतका कलाकारको अभिनय रहेको छ । सिनेमा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो ।

यस्तै, पुराना निर्देशक मदन घिमिरे निर्देशित तथा लायन कृष्ण खनालको निर्माण रहेको सिनेमा ’ब्वाईफ्रेण्ड’ले पनि आजैबाट आफ्नो प्रदर्शनको सुरुवात गरेको छ । सिनेमामा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठल गायतका कलाकारको अभिनय रहेको छ । युवापुस्तामा मौलाएको ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने विषयलाई सिनेमामा समेटिएको छ ।

चर्चामा

सम्बन्धित समाचार