शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • अबैध घरेलु मदिरा बरामत गरि नष्ट

अबैध घरेलु मदिरा बरामत गरि नष्ट

  • मङ्लबार, फाल्गुन ७, २०७५
अबैध घरेलु मदिरा बरामत गरि नष्ट

बडीमालिका खबर

बाजुरा ७ फागुन

जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडीबजार आसपास क्षेत्रबाट छड्के चेकजाँच गरेर बरामत गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला भरि अबैध घरेलु मदिरा खुलेयाम बिक्री–वितरण हुन थालेपछि घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गूरुले बताएका छन् । बजारमा बिक्रीका लागि ल्याउँदै गरेको र कतिपय होटेलहरूमा राखिएको ९० लिटर अबैध घरेलु मदिरा, र मदिरा बनाउन प्रयोग हुने ५ सय ५० लिटर कच्चा पदार्थ बरामद गरिएको थियो । बरामद गरिएको ९० लिटर घरेलु मदिरा र ५ सय ५० लिटर मदिरा बनाउनका लागि तयार गरिएको कच्चा पदार्थ जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र प्रहरी, पत्रकार र नागरिक समाजको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ जिल्लामा मदिराका अबैध घरेलु मदिरा सेवनकै कारण कारण कतिपयको घरबार नै बिग्रिएकाले प्रहरीले मदिरा नियन्त्रण अभियान विशेष रुपमा सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन प्रहरीले जिल्लामा सडक सुरक्षा, अपराध नियन्त्रण, बालविवाह, बहुविवाहलगायतका बारेमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार