• होमपेज
  • शिक्षा
  • उच्चमाबि नजिक नहुँदा पढाइ छोडदै छात्रा

उच्चमाबि नजिक नहुँदा पढाइ छोडदै छात्रा

  • मङ्लबार, फाल्गुन ७, २०७५
सेयर गर्नुहोस् :
उच्चमाबि नजिक नहुँदा पढाइ छोडदै छात्रा

प्रकाश सिंह
बाजुरा, ७ फाल्गुण
साबिकको बिच्छँया गाबिस तथा हिमाली गाँउपालि १, २ र ३ मा उच्चमाबि नहुँदा धेरै छात्राहरु पढाइ छोडन बाध्य भएका छन् । हिमाली गाँउ पालिका २ बस्ने कबिता बोहोरा एसईइ पास भइन् । तर साबिकको बिच्छँया गाबिस भरी उच्च माबि नभएपछि उनले त्यो भन्दा माथिको शिक्षा बाट बञ्चित भइन् । पढन नपाउने भएपछि उनले १६ बर्षको उमेरमै बिवाह गरीन् ।
वडा नम्बर १ कि सुन्तली थापाले पनि एसईइ त गाँउ नजिकै बिच्छँया माबिमा गरिन् । तर उच्च शिक्षा पढने यात्रा भने रोकियो । बिच्छँया भरी १० भन्दा माथि पढाई हुने बिद्यालय छैन्, बाहिर छोरीलाई पठाउन पनि मान्दैनन्, अर्को बाहिर पढन पैशा नभएर बिद्यालय बाध्य भएर छोडनु परेको वताईन् । उनि पनि अब पढाइ नहुँने भएपछि बिहे गर्ने मनस्थितीमा छन् । हिमाली गाउपालि १, २ र ३ मा माबि स्तरको एउटा मात्र बिच्छँया माबि छ । २०७४ सालमा ६२ जना बिद्यार्थीले एसईइ परिक्षा दीए । त्यसमा २४ जना छात्रा थिइन् । ति मध्ये ३ जना मात्र बाहिर पढन गएको बाकि सबैलो बिद्यालय छोडेको वडा नम्बर १ वडा अध्यक्ष लालजित थापाले वताए । २०७३ सालमा पनि १६ जना छात्र मध्ये २ जनाले मात्र उच्च शिक्षा पढिन्, बाकिले बिद्यालयनै छोडेनु परेको उनले वताए ।
हिमाली गाँउपालिका १, २ र ३ मा करिब ३६ सय जनसंख्या छ । माबि एउटा छ, उच्च माबि एउटा पनि छैन् । भौगोलिक बिकटताले निकै बिकट रहेको बिच्छँया बाट एसईइ पछि कक्षा ११ र १२ पढन तिन दिन टाढा रहेको बुढिन्नदा नगरपालिकामा रहेको जनप्रकाश उमाबि र मुगुको रातापानि जानु पर्ने बाध्यता रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । केटाहरु त डेरा गरेर पढने, जाने गर्छन्, छात्राहरु भने एसईइ पास पछि ९० प्रतिशतले बिद्यालय छोडने गरेको मल्लले वताए ।
हिमाली गाँउपालिका २ कि दुधकला बोहोरा कक्षा १२ मा जनप्रकाश उमाबि पढछन् । त्यस्तै वडा नम्बर १ कि सिर्जकला बोहोरा सदरमुकाम मार्तडीमा कक्षा ११ मा पढछन् । सिर्जकलाले भनिन आफु सँग पढने दुई तिन जना मात्र बाहिर आएर पढने गरेका छन्, धेरैले भने बिहे गरेर गइसकेको वताईन् । बाहिर गएर पढनलाई पैशा हुदैन नजिकै उमाबि छैन्, बाध्य भएर बिद्यालय छोडेको नानी थापाले वताईन् ।
हिमाली गाँउपालिका ३ का वडाअध्यक्ष ध्यान रोकायाले भने उमाबि खोल्नका लागि पहल त भइरहेको छ आर्थिक नभएर समस्या भएको वताए । उनले भने छात्रा मात्र नभई छात्रहरुले समेत बिद्यालय छोड्ने गरेको वताए । ३ वटै वडामा स्थायि सरकारी जागीरे एकजना महिला पनि नभएको पुरुषमा ३ जना मात्र सरकारी जागीरे छन् । उच्च शिक्षा बाहिर पढन जानु पर्छ, हुनेखाने पठाउछन्, नभए कक्षा १० सम्म पढ्यो, अनि बिहे गरेर घरजम गर्ने गरेको रोकायाले वताए । सदरमुकाम मार्तडी बाट बिच्छँया पुग्न चार दिन लाग्ने गरेको छ । बाजुराको ३० प्रतिशत भुभाग बिच्छँयाले ओगटेको छ ।
वालविवाह बढदो
साबिकको बिच्छँया गाबिसमा वालविवाह पनि बढदो रहेको छ । एउटा कारण उच्च शिक्षा पढने ब्यबस्था नहुनु पनि हो । हिमाली गाँउपालिका उपाअध्यक्ष चन्द्रकला बुढा भन्छन्, कक्षा १० सम्म त जेनतेन पढने गरेका छन् । त्यसपछि टाढा पढन जान सक्दैनन्, त्यपछिको पाटो विवाह गर्ने रहेको बताँउछन् ।
वडा नम्बर ३ बौडी बस्ने सुन्तला बोहारा उच्च शिक्षा नपाएर विवाह गर्नु परेको वताउछँन् । पढन जानलाइ घरकाले पठाएन्, अनि के गर्ने त विवाह त गर्नै परेको उनले वताईन् । आफु जस्तै गाँउका धेरै केटिले बिहे गरेको वताईन् । त्यति मात्र हैन सुन्तला भन्छन्, अहिले सम्म १८ बर्ष पहिला नै बिहे गरीसकेका छन्, चाडै बिहे गर्ने र कलिलो उमेरमा बच्चाको आमा हुने गरेको उनले वताईन् ।
कोट गाँउमा पनि त्यहि रहेको छ । स्थानिय धनमल बोहोरा भन्छन्, चाडै बिहे गर्नेको संख्या धेरै छ, २० बर्षको उमेरमा दुई तिन बच्चा सम्म जन्माईसकेको हुन्छन्, । ढिलो बिवाह गर्नु पर्छ भन्ने चेतना समेत छैन्, अर्को उच्च शिक्षा पढन समस्या छ, धनमलले थपे । सदरमुकाम मार्तडी बाट निकै टाढा रहेको यो ठाँउमा राज्यको पहुँच भन्दा बाहिर नै रहेको छ । सदरमुकाम पेरिफेरीमा वालविवाह लगायत अन्य सामाजिक अभियान सञ्चालन भएपनि यो ठाँउमा भने कुनै अभियान हुदैनन्, सदरमुकाम मार्तडी पुग्न एक साता सम्म लाग्ने गरेको छ । हिमाली गाँउपालिकाको कार्यलय धुलाचौर पुग्न दुई दिन सम्म लाग्ने गरेको छ ।
तिन वडामा एउटै माबि
बिच्छँयमा रहेका तिन वटै वडामा एउटा मात्र माबि रहेको छ । टाढाका गाँउ बाट त्यहि माबि पुग्न पनि एक दिन लाग्ने गर्छ कक्षा ८ माथि ९ र १० कक्षा अध्ययन गर्नका लागि बास बस्नु पर्ने बाध्यता रहेको छ । बिच्छँया माबि रहेको ठाँउमा पुग्ने सबै भन्दा टाढाका गाँउ बौडि, गुम्वा, कोट, युना, बामु बाट आवतजावत गर्न सक्दैनन् । भौगोलिक बिकटताले धेरै टाढा रहेका छन् । कक्षा ८ सम्म त यि गाँउमै बिद्यालय रहेका छन्, ९ र १० का लागि भने बिच्छँया माबि देबसैनमै डेरा गरेर पढनु परेको स्थानियले वताएका छन् ।
धेरै त कक्षा ८ सम्म पढछन्, त्यसपछि ९ र १० कक्षाा पुग्दा सम्म बिद्यालय छोडने गरेको युना गाँउका हिरालाल बुडथापाले वताए । छोराहरुलाई त पठाउने गर्छन्, ९ र १० कक्षा पढाउनका लागि देबसैनमा तर धेरै कम मात्र त्यहाँ पठाउछन्, त्यो भन्दा माथि भने झनै पठाउन नगरेको उनले वताए । हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल भन्छन्, निकै छरीएका गाँउहरु छन्, कुनै ठाँउमा पचास साठी परिवार छन्, त्यहाँ माबि बिद्यालय सञ्चालन गर्न समस्या छ, एक गाँउ बाट अर्को गाँउमा जान एकदिन लाग्ने गर्छ, सबै भन्दा भौगोलिक बिकटता नै मुख्य समस्या रहेको मल्लले वताए । भौगोलिक बिकटता र आर्थिक अभाबले गर्दा यहाँका धेरैले शिक्षा बाट बञ्चित हुनु परेको छ ।

चर्चामा

सम्बन्धित समाचार