शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • घुस प्रकरणमा मुछिएका पूर्वआयुक्तलाई कारबाही गर्न आलटाल

घुस प्रकरणमा मुछिएका पूर्वआयुक्तलाई कारबाही गर्न आलटाल

  • सोमवार, फाल्गुन ६, २०७५
घुस प्रकरणमा मुछिएका पूर्वआयुक्तलाई कारबाही गर्न आलटाल

फागुन ६, फाल्गुण

काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई प्राथमिकता दिएर छापेका छन् । कुनैले अख्तियारका पूर्वआयुक्तमाथि कारबाही हुनेमा संशय व्यक्त गरेका छन् भने केहीले सरकारबारे कांग्रेसले निकालेको निष्कर्षलाई खबर बनाएका छन् । त्यस्तै, नेपाली सेनाभित्रको बेथिति, उपत्यकाका सडक र स्थानीय तहको गाडीमोहलगायतका विषयलाई पनि आजका पत्रिकाहरुले स्थान दिएका छन् ।

सेनाभित्रको बेथिति निरन्तर खोतल्दै आइरहेको नयाँ पत्रिकाले सेनाका बहालवालादेखि पूर्व प्रधानसेनापतिहरुले गरेको कानून उल्लंघनलाई ‘सैनिक कानून, सेनापतिले मात्र जानून्’ शीर्षक दिएर लेखेको छ । समाचार अनुसार हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले निकटस्थलाई सिफारिस गर्न चार महिनासम्म बढुवा अवरुद्ध गराएका छन् । यसअघिका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त आफ्नै प्रमाणपत्र केरमेट गरेको नयाँ पत्रिकाले लेखेको छ । प्रधानसेनापतिहरुको जंगी शासन यतिमै सीमित छैन । पूर्वप्रधानसेनापति रुकमांगद कटवालले त हुकुमप्रमांगीका आधारमा उमेर नै घटाएका थिए । फास्ट ट्रयाकका नाममा निकटस्थलाई बढुवा गर्ने गौरवशमशेर जबरा हुन् या कट्वाल कसैलाई पनि कारबाही भने भएको छैन ।

घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई कारबाही गर्न अख्तियारले अलमल गरेकोलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । समाचार अनुसार, सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ ।

नयाँ पत्रिकाकाका अनुसार, आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भए पनि ठोस निर्णय हुन सकेन ।

त्यस्तै मेलम्ची सक्न नयाँ टेन्डर माग्न लागेको खबर पनि नयाँ पत्रिकामा छ । मेलम्चीको बाँकी काम सक्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने तयारी सरोकारवालाले गरेको समाचारमा उल्लेख छ ।

केही महिनाअघि पशुपतिको फोहोरको डंगुरमा भेटिएका एक बच्चाको कथा छापेको अन्नपूर्णले संखुवासभाका स्थानीय तहको गाडी मोहबारे समाचार बनाएको छ । सडक नभए पनि गाडी खरिद गरिएको समाचारको सार छ । सरकारबारे कांग्रेसले गरेको समीक्षालाई पनि अन्नपूर्णले समाचार बनाएर छापेको छ ।

छाया कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको नागरिकले लेखेको छ । राज्यको जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक पुरातात्विक महत्त्वको पोखरीलाई निजी बनाइएको समाचारमा उल्लेख छ ।

राजधानीले काठमाडौंको सडकको दूरावस्थाबारे लेखेको छ भने गोरखापत्रले प्रहरी विधेयकलगायतको चर्चा गरेको छ ।

अनलाइन खबर बाट

चर्चामा

सम्बन्धित समाचार