बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खेलकुद
  • बिगव्यासमा सन्दीपको टिम फाइनलमा

बिगव्यासमा सन्दीपको टिम फाइनलमा

  • बिहिबार, फाल्गुन २, २०७५
बिगव्यासमा सन्दीपको टिम फाइनलमा

२ फागुन, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बेलिराइभ ओभलमा आज सम्पन्न सेमिफाइनल खेलमा मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गरेको हो ।

१५४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको मेलबर्न स्टार्सले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । मेलबर्नको जितका लागि कप्तान ग्लेन म्याक्श्वेलले अविजित ४३ र सेब गोट्चले ३३ रन बनाए । मेलबर्नका लागि पिटर ह्यान्डस्कोम्बले ३५, मार्कुस स्टोइनिस र निक मेडिन्सनले समान १८–१८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो । हुरिकेन्सका लागि बेन म्याकडर्मोटले ५३ र जर्ज बेलीले ३७ रन बनाए ।

बलिङतर्फ भने ड्यानियल वोरलले चार विकेट लिए । नेपालका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिए पनि विकेट लिन सकेनन् । अब बिग ब्यास लिगको उपाधिका लागि मेलबर्नले मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँगको विजेतासँग खेल्नेछ ।

अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार