बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रकाश थापाको पिपलको सेल होईजाउ देउडा गीत सार्वजनिक

प्रकाश थापाको पिपलको सेल होईजाउ देउडा गीत सार्वजनिक

  • बुधबार, फाल्गुन १, २०७५
प्रकाश थापाको पिपलको सेल होईजाउ देउडा गीत सार्वजनिक

बडीमालिका खबर
बाजुरा १ फागुन
बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ का चर्चित देउडा गायक प्रकाश थापाको पीपलको सेल होईजाउ देउडा गित सार्वजनिक भएको छ ।
चर्चित देउडा गायक थापाको ‘पीपलको सेल होईजाउ’ देउडा गीतको म्युजिक भिडियो बुधबार युट्युबमा सार्वजनिक भएको हो ।
चर्चित देउडा सर्जक राजेन्द्र शाह विपिको उत्कृष्ट लय तथा शव्दमा तयार पारिएको उक्त देउडा गीतमा चर्चित देउडा गायक प्रकाश थापा र पुर्णकला विसीकोे स्वर रहेको छ ।
खप्तड डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको उक्त गीतको म्युजिक एरेन्ज विनोद बाजुरालीले गरेका हुन् भने मालश्री स्टुडियोमा गीतको रेकर्ड गरिएको हो ।
उक्त गीतलाई चर्चित निर्देशक भिम थापाले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाई हरिष महराले खिचेका हुन् गीतलाई सम्पादन प्रविन रेश्मीमगरले गरेका हुन् । उक्त गीतमा देउडा गायक थापाकी धर्मपत्नी ईश्वरी थापा र दिपक संगम विसीले अभिनय गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार