• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गर्भजाँच गराउनेलाई तरकारीको बिउँ र आयोडिन नुन बितरण

गर्भजाँच गराउनेलाई तरकारीको बिउँ र आयोडिन नुन बितरण

  • मङ्लबार, माघ २९, २०७५
गर्भजाँच गराउनेलाई तरकारीको बिउँ र आयोडिन नुन बितरण

त्रिप्ती शाहि
बैतडि, २९ माघ
बैतडीको दोगडाकेदार गाउँपालिकाले स्वास्थ्यको प्रोटोकल अनुसार पहिलो पटक गर्भजाँच गराउने महिलाहरुलाई आयोडीन नुन संगै तरकारीको बिउ वितरण गरीरहेको छ । साथै गाउँपालिकाले नङकाटो र नुहाउने सावुन पनि दिइरहेको छ ।
आज पहिलो पटक वडा नम्बर ५ स्थीत न्वाली स्वास्थ्य चौकीमा पहिलो पटक गर्भ जाचँ गराउन पुग्ने २४ वर्षिया गर्भवती महिला फुन्नी भूललाई उक्त्त सामाग्रीहरु वितरण गरीएको स्वास्थ्य चौकी ईन्चार्ज नैन सीह गोयलाले वताएका छन् । आयोडीन नुन लगाएतका सामाग्रीहरु पाएपछी भूल खुसी हुनुभएको स्वास्थ्य चौकी ईन्चार्ज गोयलाले वताए । यस्तै गाउँपालिकाले नियमीत ४ पटक स्वास्थ्य संस्थामा पुगेर जाँच गर्ने गर्भवती महिलाहरुलाई चारै पटक आयोडिन नुन र सावुन पनि वितरण गर्नेछ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुलाई उक्त्त सामाग्रीहरु वितरण गरीने बताईएको छ । संस्थागत सुत्केरीमा वृद्धी गराउने र आमा र बच्चाको स्वास्थ्य राम्रो होस् भन्ने उदेश्यले गाउँपालिकाले यो कार्यको सुरुवात गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती ऐरी कार्कीले बताउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार