शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • गुरुङ परिवार द्वारा छात्रबृति अक्षय कोष स्थापना

गुरुङ परिवार द्वारा छात्रबृति अक्षय कोष स्थापना

  • आइतवार, माघ २७, २०७५
गुरुङ परिवार द्वारा छात्रबृति अक्षय कोष स्थापना

नहकुल जोशी
कोल्टी बाजुरा
गत २०७४ जेठ १६ गते बाजुराको कोल्टीमा विमान दुर्घटनामा परि मृत्यु भएका महासेनानी गुरुङको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिका वडा नं २ मा रहेको बुढीनन्दा आधारभुत विद्यालयलाई स्वर्गिय महाँसेनानी कैलाश गुरुङको परिवारले छात्रबृति अक्षयकोष स्थापना गरेका छन् । अक्षय कोष स्थापनाका लागि १ लाख ५० हजार रुपैया प्रदान गरेको छ ।
अक्षय कोषको नाम “पाइलट महाँसेनी कैलाश गुरुङ स्मृति छात्रबृति अक्षय कोष” राखिएको छ । कोष स्थापनाका लागि उहाँकी श्रीमति सेनानी सावित्रीरत्न गुरुङले मंगलवार बुढीनन्दा आधारभुत विद्यालयको खातामा सो रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक बृजन शाहीले वताए ।
गत जेठमा गुरुङको बार्षिक कर्मगर्न आएका बेला सेनानी सावित्रीरत्न गुरुङले छात्रबृति दिनका लागि आफूले सहयोग गर्ने बाचा गरे अनुसार सो रकम विद्यालयको नाममा पठाउनु भएको प्रधानाध्यापक शाहीले वताए । बुढीनन्दा आधारभुत विद्यालयमा अध्ययनरत असहाय, गरीव र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्न सो छात्रबृति अक्षय कोषबाट प्राप्त रकमको प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक साहिले बताए ।
विद्यार्थीका लागि छात्र बृति संगै सो क्षेत्रमा विभिन्न सचेतनात्मक साँस्कृतिक कार्यक्रम गरी सामाजिक सचेतना अभियान सञ्चालन गर्न अक्षय कोषको स्थापना गरी त्यसबाट प्राप्त ब्याजको रकम प्रयोग गरिने बताइएको छ । अव केहि दिनमा विद्यालय ब्यवस्थापन समितिको बैठक बसाली कुन ठाउँमा कसरी सो रकम लगानी गर्ने भन्ने वारे छलफल गरिने प्रधानाध्यापक शाहीले वताए ।
गुरुङ परिवारवारले गरेको रकममा केहि रकम थपेर सो अक्षय कोषलाई थप बलियो बनाउने त्यसको फाईदा सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको उज्वल भविश्यका लागि प्रयोग गर्नेमा विद्यालय प्रशासन रहेको छ । हाललाई प्राप्त भएको रकम सदुपयोग भएको खण्डमा आगामी दिनमा पनि गुरुङ परिवारले थप रकम सहयोग गर्ने जनाएको विद्यालय स्रोतले जनाएको छ ।
सावित्रीरत्न गुरुङले भनिन्, हामि भोजपुरको हौ, तर श्रीमानको पश्चिममा आएर दुर्घटनामा पर्नु भयो, उहाँको सम्झानामा र पछाडी परेको वालवालिकालाई सहयोग पुगोस भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको वताईन् । अक्षय कोषको प्रभाबकारिता भएपछि रकम थप्दै जाने साबित्रीरत्नले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार