• होमपेज
  • खेलकुद
  • धनगढी प्रिमियर लिगको उद्घाटन

धनगढी प्रिमियर लिगको उद्घाटन

  • आइतवार, माघ २७, २०७५
धनगढी प्रिमियर लिगको उद्घाटन

धनगढी प्रिमियर लिगको तेस्रो संस्करण उद्घाटन गरिएको छ । धनगढी क्रिकेट एकेडेमीले बिगत तीन वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोह बीच लिगको तेस्रो संस्करण उद्घाटन गरेका हुन् ।

डिपिएल उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतियोगिता र फाप्लालाई अन्तराष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको र यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडी बढाउने मुख्यमन्त्री भट्टले बताए । प्रतियोगिता उद्घाटन भएपनि बर्षाका कारण खेलहरु भने सोमबारदेखि मात्रै हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिनपछि सारिएको हो । खेल दुई दिन पछि सारेसँगै खेल तालिका पनि फेरिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् भने दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन् ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमनत्री प्रकाश शाहले देशमा क्रिकेटको माहोल बढ्दै गइरहेका बेला धनगढीमा पनि राष्ट्रिय स्तरको प्रतियोगिता हुनु सबैका लागी खुशीको कुरा भएको बताए । धनगढीबाट क्रिकेटको बिकास गरी प्रदेशलाइ नै क्रिकेटका रुपमा बिकास गर्न सरकार संगै निजि क्षेत्रले पनि हातेमालो गर्नुपर्ने मन्त्री शाहको भनाई छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले क्रिकेटबाट मान्छेले स्वस्थ रहन्छ भन्ने ज्ञान मात्रै आर्जन गर्न सकेपनि छिटै क्रिकेटको बिकास हुने बताए । उनले क्रिकेटको माध्यमबाट पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने र प्रदेशलाई आर्थिक सम्बृद्धी तिर डो¥याउन सकिने बताए । मन्त्री बोहराले यस क्षेत्रको क्रिकेटको बिकासका लागी प्रदेश सरकार तयार रहेकाले समन्वय र सहकार्यबाट बिकास गर्नुपर्ने बताए ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको आयोजनापछि देशभर नै क्रिकेटमय भएको बताए । उनले डिपिएलपछि धेरै प्रतियोगिता हुँदा यसले खेलाडी उत्पादनमा टेवा पुराईरहेको बताए । फाप्लामा अन्तराष्ट्रिय मैदान निर्माणका लागि सार्वजनिक निजि साझेदारी कार्यक्रम मार्फत अगाडी बढ्ने र त्यसका लागि सवैको सहयोग आवश्यक रहेको उनले बताए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ । टी–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ ।

त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ । यस संगै धनगढी क्रिकेट एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराई सम्मान गरेको छ । तेस्रो संस्करणको डीपीएलको उद्घाटन समारोहमा एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो ।

सम्मान स्वरुप दुवैलाई एक एक लाख रुपैयाँ प्रदान गरिएको छ । सम्मानित भएका भट्टराई नेपालको पहिलो आधिकारिक प्रशिक्षक हुन् । भट्टराई सन् १९९६ मा मलेसिया भएको एसीसी ट्रफीमा नेपाली टिमको प्रशिक्षक भएर गएका थिए । पुरस्कार लिदै प्रशिक्षक भट्टराईले डीपीएलले गरेको सम्मानबाट आफु खुसी रहेको बताए । पुरस्कार लिदै पुर्व कप्तान अग्रवालले आफुले पाएको एक लाख रुपैयाँ फाप्ला क्रिकेट मैदान निर्माणमा दिनएका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवैलाई सम्मान गरेका हुन् ।

State7online बाट साभार

चर्चामा

सम्बन्धित समाचार