शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • बालवालिकामा लगानि गर्नुपर्छ : माग्ने बुढा

बालवालिकामा लगानि गर्नुपर्छ : माग्ने बुढा

  • आइतवार, माघ २७, २०७५
बालवालिकामा लगानि गर्नुपर्छ  : माग्ने बुढा

मदन बि.क बाजुरा २७ माघ चर्चित हास्य कलाकार केदार घिमिर (माग्ने बुढा ) र भद्रगोल टेलिश्रृंखलामा अभिनय गर्ने सीता तिमिल्सेना (सुर्यमुखी ) ले कमेडीबाटै मदिरा सेवन गर्ने पैसाले छोराछोरीको पढाई खर्च गर्न शन्देस दिएका छन् ।

माग्ने बुढाले हालको अवस्था यसो हेर्दा बढी मदिरा सेवन गर्ने प्रबृति बढेकोले मदिराले छोराछोरीको भबिष्य सम्भव नभएको भन्दै सुनौलो भबिष्य शिक्षाबाट बाट सम्भव हुने बताए । वैज्ञानिक र रोजगारमुलक शिक्षा आजको आवश्यकता, विश्व प्रतिस्प्रधामा दक्ष जनशक्ति उत्पादनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित क्रियटर जोन एकेडेमी विद्यालय आफ्नो स्थापनाको ७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समाज विकास र शैक्षिक रुपान्तरणका अभियानमा सरिक हुँदै आएका माग्ने बुढाले बार्षिक उत्सव समारोहमा आफ्नो प्रस्तुती प्रस्तुत गरेका छन् ।

 

हाँस्य टोली श्रृंखला मेरी बास्सैबाट चर्चित बनेका माग्ने बुढा पछिल्लो समय चलचित्र

मा समेत अभिनय गर्दै आएका छन् । उहाँले सुन्दर अनि प्रकृतिको भरिपूर्ण अनुपम ठाउँका रुपमा बाजुरा रहेकाले यहाँको प्राकृतिक स्रोत साधनको सही सदुपयोग गरे विकास सम्भव हुनेमा जोड दिएका छन् । माग्ने बुढाका साथ कार्यक्रममा टोली श्रृंखला भद्रगोलकी चन्द्रमुखी सितादेवी तिमिल्सेनाले पनि आफ्नो प्रस्तुती दिएकी थिईन् । कार्यक्रमलाई संबोधान गदैँ जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले शिक्षा ज्योति र ज्ञान भएकाले यसको कुनै सिमा नै नहुने वताए । माग्नेको हाँसो संगै छोराछोरी पढाउनुपर्छ भन्ने नासोँ समेत लिएर जान कार्यक्रममा उपस्थिति सबैले आग्रह गरे । हालको जमना अनुसारको शिक्षा प्राप्त गर्नेका लागि हामीले बोडिङ्ग स्कलले शिक्षामा गुणस्तरियता दिए नदिएको अभिभावहरुले नियमित रेखदेख जानकारी लिनुपर्नेमा जोड दिदैँ हरेक क्रियाकलापमा गरेको प्रगति प्रति क्रिएटर जोन ऐकेडेमीलाई धनयवाद दिएका थिए ।

चर्चित नेपाली हाँस्यकलाकार केदार घिमीरे (माग्ने बुढा) र टोली श्रृंखला भद्रगोलकी (चन्द्रमुखी) सितादेवी तिमिल्सेनाका प्रस्तुती हेर्न दर्शको घुइचो लागेको थियो । क्रिएटर जोन एकेडेमी बोडिङ्ग स्कुलका प्रिन्सिपल मीन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया र चर्चित नेपाली हाँस्यकलाकार केदार घिमीरे माग्ने बुढाले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार