शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ दार्चलामा छायाँकन

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ दार्चलामा छायाँकन

  • बुधबार, माघ २३, २०७५
शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ दार्चलामा छायाँकन

चलचित्रको कलाकार तथा प्राविधिक टोली छायाँकनका लागि यतिबेला सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पुगेको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन गर्न कलाकारको टोली नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा पुगेको हो । ‘यतिबेला यहाँ हिउँ परिरहेको छ, हामीले यहाँको परिबेश अनुसार सुटिङ गरिरहेका छौं, लक्ष्मी रानी चलचित्रकी निर्देशक शुभेच्छा थापाले भनिन्,‘दश दिन दार्चुलाको ग्रामिण क्षेत्रमा सुटिङ हुनेछ ।’ यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला भएको उनले जानकारी गराईन् ।
सिमानामा सुटिङ चलिरहेको छ, पारि भारतपट्टि धार्चुला छ, वारी चिसो मौसमले हिउँ परेको भएपनि सुटिङमा कुनै ब्यबधान नभएको थापाले बताइन् । गत तिहारको लक्ष्मीपुजाको दिनमा शुभमुहुर्त गरिएको ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र हो ।
ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जीवन बिताउन भोगेका अलग–अलग संघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ । ‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोललगायतका कलाकार रहेका छन् ।
हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गर्देछिन् । ‘आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु, उनले भनिन् । चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा आउने भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार