शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • छिट्टै देशभर एकताको सन्देश दिन्छाै: अध्यक्ष प्रचण्ड

छिट्टै देशभर एकताको सन्देश दिन्छाै: अध्यक्ष प्रचण्ड

  • बुधबार, माघ २३, २०७५
छिट्टै देशभर एकताको सन्देश दिन्छाै: अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीदिनमै पार्टी एकता हुने बताएका छन् । केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएपनि प्रचन्डले छिट्टै देशभर एकताको सन्देश दिने बताएका छन् ।
सचिवालय बैठकले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको र अब बस्ने सचिवालय बैठकले त्यसलाई पारित गर्ने प्रचन्डले बताएका छन् । प्रचण्डका अनुसार पार्टी कमिटीमात्रै होइन जनसंगठनको एकता पनि तल्लो स्तरसम्म एकै पटक टुङ्गो लाग्ने भएकाे छ । कार्यक्रममा सासंद अग्नि सापकोटाले सिन्धुपाल्चोकको शैक्षिक लगायत अन्य क्षेत्रको विकासका लागि प्रचण्डको ध्यानआर्कषण गराएको थिए ।

चर्चामा

सम्बन्धित समाचार