शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • आगलागी हुँदा दुई दलित परिवार विस्तापित

आगलागी हुँदा दुई दलित परिवार विस्तापित

  • बुधबार, माघ २३, २०७५
आगलागी हुँदा दुई दलित परिवार विस्तापित

लक्ष्मीराज पाध्याय
बाजुरा
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा शुक्रबार दिउँसो ४ बजे घरमा आगलागी हुँदा दुई दलित परिवार घरबार विहिन भएका छन् । मानवीय क्षेती हुनबाट बचेपनि घरमा भएको जायजेथा सबै जलेर नष्ट भएकाले उनीहरू विचल्लीमा परेको वडाध्यक्ष जनक रोकायाले बताए । उनका अनुसार उक्त घरमा आगो लाग्दा १५० कुखुरा, १ गाई र १ भैसी मरेका छन । साविकको साप्पाटा गाउँ विकास समिति वडा नं. ९ मुक्तिकोट निबासी विर्खे ल्वार र प्रकाश ल्वारको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगो बाली रहेको चुलोमा प्वाल परि त्यहाँबाट गाईभैँसी भएको गोठमा आगो खसी स्याउला सोतरमा सल्केर आगो दन्केको पीडित विर्खे ल्वारले बताएका छन् । उनका अनुसार घरम भएको अन्नपात, लुगाकपडा समेत जलेर नष्ट भएको एभिन्युज खवरलाई बताए । अहिले विर्खे ल्वारको १० जनाको परिवार र प्रकाश ल्वारको ४ जनाको परिवार आफन्तकोमा ओतलागी बसिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार