सुदूरपश्चिमको नीति तथा कार्यक्रममा नारैनारा : ‘सीएम एक्सन रुम’ देखि ‘एक जिल्ला एक क्रिकेट मैदानसम्म’
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा झैं थुप्रै आकर्षक नारा तथा अभियानका कार्यक्रमहरु उल्लेख गरिएका छन् । उद्यम विकासअन्तर्गत ‘एक जिल्ला–एक उद्यम’, ‘गरौं उत्पादन–राखौं पहिचान’, ‘एक स्थानीय तह–दुई उत्पादन’ लगायतका […]