‘जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक विकल्प हो भन्ने मैले ठानेँ’
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ) ६ पुस २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र […]