बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा सार्वजनिक यातायात सेवा बिहानैदेखि ठप्प

सुदूरपश्चिममा सार्वजनिक यातायात सेवा बिहानैदेखि ठप्प

  • बिहिबार, माघ २२, २०७७
सुदूरपश्चिममा सार्वजनिक यातायात सेवा बिहानैदेखि ठप्प

प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएपनि सुदूरपश्चिममा बिहीबार बिहानैदेखि सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेका छैन्।

नेपाल प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएकाले निर्धक्क सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीले बिहानैदेखि गाडी नचलाएका हुन्।

लामो तथा छोटो दुरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु समस्यामा परेका छन्।  यातायात व्यवसायी महासंघका सह–कोषाध्यक्ष तथा महाकाली यातायात प्रालीका अध्यक्ष डम्बर पन्तले नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार माईकिङ गरेर आज आम हड्ताल घोषणा गरेकाले सार्वजनिक सवारी साधन चलाउन नसकिएको बताए।

उनले प्रहरीले सुरक्षा दिने बताएपनि सबै ठाउँमा सम्भव नहुने देखिएकाले सुदूरपश्चिमका कुनै पनि जिल्लामा बिहान छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन व्यवसायीहरुले नचलाएको बताए।  दिउँसोको हकमा परस्थितीअनुसार सार्वजनिक सेवा सञ्चालन गर्न सकिने पन्तले बताए।

चर्चामा

सम्बन्धित समाचार