बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बडीमालिकाको बखान : जहाँ मन नै हराभरा हुन्छ (फोटो फिचर)

बडीमालिकाको बखान : जहाँ मन नै हराभरा हुन्छ (फोटो फिचर)

  • शनिबार, माघ २४, २०७७
बडीमालिकाको बखान : जहाँ मन नै हराभरा हुन्छ (फोटो फिचर)

धनञ्जय रेग्मी–आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ?

No description available.

जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन पुग्छ । यहाँको बिराट सौन्दर्यलाई आफैंभित्र समेटेर बसौं जस्तो लाग्छ । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य कृष्णबहादुर महराले खप्तड-बडीमालिकाको कुरा गरिरहन्थे । उनको भनाइ के हुन्थ्यो भने, जीवनमा एक पटक त्यहाँ पुग्नैपर्छ । तर, उनले भनेजस्तै खप्तड-बडीमालिका पुग्ने मेलोमेसो मिलिरहेको थिएन ।

No description available.

यसपटक राम्रो गुण लगाए, दीपक खड्काले । उनी पर्यटन व्यवसायी हुन् । खप्तड र बडीमालिकाको पर्यटन विकासमा टेवा पुर्‍याउने हेतुले उनले हेलिकप्टर टुर प्याकेज ल्याएका रहेछन् । यही मौकामा मनमा थाँती रहेका रहर पूरा गरियो । अर्थात खप्तड र बडीमालिका पुग्ने मेसो जुर्‍यो ।

No description available.

प्राकृतिक सौन्दर्यमा त्यस्तो के जादु हुन्छ, जसले मनलाई हरदम आनन्दि बनाउँछ ? जसै खप्तड र बडीमालिका पुगियो, मन नै हराभरा भयो । प्राकृतिक सौन्दर्यमा रमाउने र धार्मिक आस्था राख्नेहरुका लागि गजब गन्तव्य रहेछ, बडीमालिका । अपी सैपाल हिमाललगायतलाई पृष्टभूमिमा राखेर बडीमालिकाले आगन्तुकको स्वागत गर्छ । यहाँको विशाल फाँटहरुमा पुग्दा मन यसै-यसै उमंगले भरिन्छ ।

No description available.

यी फाँटहरुले समयअनुसार आफ्नो रुप परिवर्तन गर्छ । हिँउदमा यो सेताम्मे हुन्छ, हिँउले ढाकेर । वषर्ायाममा यो रंगीचंगी हुन्छ । हरिया फाँटहरुमा फूल्ने लेकाली फूलहरुले यो विछट्टै रुपवती देखिन्छन् ।

मडीमालिका मेला

बडीमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मेला लाग्दै आएको छ ।

त्यस समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरु खासै भेटिँदैन । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन्ा् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् ।

No description available.

खानपान र वसोबासको व्यवस्था

बडीमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफैं गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।

No description available.

जडीबुटी चोरिने जोखिम

बडीमालिकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुटीको चोरी निकासी हुने गरेको छ । सरकारले बडिमालिका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ । यो मन्दिरमा सरकारका तर्फबाट एकजना पूजारी बनाइएका छन् । त्यसो त यो पश्चिमनेपालको शक्तिशाली शक्तिपीठ हो ।

No description available.

कसरी पुग्ने

गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । त्यहाँबाट ब्रहृमतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा ३ दिनमा पुग्न सकिन्छ ।

No description available.

साभार अनलाइन खबर (धनञ्जय रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्)

चर्चामा

सम्बन्धित समाचार