नेपाली कांग्रेसले भदौ २४ गतेदेखि ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने
काठमाडौं — नेपाली कांग्रेसले यही महिनाको २४ गते ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने भएको छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा महोत्सव गरिन लागिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । महोत्सवमा सम्भाषण हुनुका साथै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, […]