बाजुरामा एचआइभी सम्बन्धी लान्छना र भेदभाव न्यूनीकरण गर्न अभिमुखीकरण
बाजुरा—एचआइभी तथा एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले बाजुरामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मंगलबार स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआइभी तथा मुख्य जोखिम समूहका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा एचआइभी संक्रमित व्यक्तिहरूले समाजमा अझै पनि भोग्नुपरेका सामाजिक विभेद, अपमानजनक व्यवहार र मानसिक तनावका विषयमा गम्भीर छलफल गरिएको […]