राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु हुने
निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ। आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागु गरेको आयोगले […]