सुदूरपहाडका राजमार्गमा खाल्डै–खाल्डा, यात्रा जोखिमपूर्ण
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ। राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए। भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन् । यी […]