घरभित्र सुत्न डराउँदै बझाङका भूकम्प पीडित, जिल्लाका सबै विद्यालय बन्द
बझाङ —बझाङमा भूकम्पबाट प्रभावितहरु आफ्नै घरभित्र प्रवेश गर्न डराउन थालेका छन्। मंगलबार दिउँसो गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ। मंगलबारको रात खुला आकाश, सडक, चौरमा कटाएका स्थानीय बुधबार पनि घरमा पस्न सकेका थिएनन्। अधिकांश घरहरू भूकम्पले चर्किएको र निरन्तर परकम्पहरू आइरहेका कारण स्थानीयहरू घरभित्र सुत्न डराइरहेका हुन्। […]