सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित ६ जनाविरुद्ध रिट दायर
धनगढी–सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ। सोमवार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले उनीहरूविरुद्ध रिट दायर गरेका हुन्। उनीहरूले उच्च अदालत दिपायल महेन्द्रनगरको इजलासमा रिट दायर गरेको बताइएको छ। उनीहरूले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय […]