जोशीको नेतृत्वमा २७ सदस्यीय प्रेस सेन्टरकाे सुदूरपश्चिम प्रदेश समिति निर्विरोध
धनगढी— केशवराज जोशीको नेतृत्वमा २७ सदस्यीय प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको समिति निर्विरोध चयन भएको छ । डडेल्धुराको आलितालमा सम्पन्न तेस्रो अधिवेशनबाट प्रेस सेन्टरका उपमहासचिव रहेका जोशी निर्विरोध अध्यक्ष चयन भएका हुन् । संगठनको उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष महिलातर्फ जानकी धामी, उपाध्यक्ष समावेशीतर्फ मुकेश टेर्रा र महासचिवमा तेजराज भट्ट निर्विरोध चयन भएका छन् । […]