जनक बुढाको दाबी– ९ हजारको हाराहारीमा मत ल्याएर चुनाव जित्छु
बझाङ— बझाङ प्रदेशसभा १ अन्तर्गत वैशाख १५ गते हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दलका उम्मेदवारहरू यतिबेला मतदाताका घरघरमा मत माग्न व्यस्त छन् । चुनावी प्रतिस्पर्धामा सत्ता गठबन्धनका चार दलसहित १२ दलबाट ११ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट साझा उम्मेदवार उठाउने प्रयास असफल भएपछि एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले छुट्टा छुट्टै उम्मेदवारी दिएका हुन् […]