एकताकाे सन्देशसहित नेपाली काँग्रेस बाजुराकाे चुनावी अभियानलाई तीव्रता
बाजुरा– नेपाली काँग्रेस बाजुरा जिल्ला कार्यसमितिले सञ्चालन गरेको चुनावी अभियानलाई तीव्र बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा तथा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरिएको काँग्रेसले जनाएको छ। सदरमुकाम मार्तडीमा पत्रकार सम्मलेन गर्दै काँग्रेसले लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायका मूल्यप्रति प्रतिबद्ध रहँदै स्वच्छ, निष्पक्ष र धाँधलीरहित […]