पार्टी पुनर्गठनको माग बढ्दा ओलीको ध्यान महाधिवेशनतिर
नेकपा (एमाले) भित्र पार्टी पुनर्गठनको आवाज बाक्लिँदै गएको छ। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहबाट केपी शर्मा ओली सत्ताच्युत भएदेखि नै पार्टी पुनर्गठनको बहस सुरू गरेका थिए। उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टले पार्टी पुनर्गठनको मुद्दा उठाउँदै पोलिटब्युरो र […]