कमल थापासहित ६ जना प्रदर्शनकारी पक्राउ
काठमाडौं– राजावादीहरूको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। काठमाडौंको नारायण चौर क्षेत्रबाट उनी पक्राउमा परेका हुन्। निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि थापासँगै अन्य प्रदर्शनकारीहरू पनि पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार पक्राउ पर्नेमा शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिना रहेका छन्। राप्रपा […]