२०८० सालमा खेलकुद : एसियाडमा ऐतिहासिक सफलतादेखि पलेशाको अन्तर्राष्ट्रिय उडानसम्म
काठमाडौँ– नेपाली खेलकुदका लागि २०८० साल अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिको हिसाबले सामान्य रह्यो । क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दोजस्ता खेलका नियमित गतिविधिले घरेलु खेलकुदलाई वर्षभरि नै व्यस्त बनाइरह्यो । तर, अन्तर्राष्ट्रिय स्तरका ठुला प्रतियोगितामा क्रिकेट, कराँते, एथलेटिक्सजस्ता केही खेलले मात्र देशलाई महत्त्वपूर्ण उपलब्धि दिलाउन सके । यसको विपरीत देशभित्र सुनौलो इतिहास बोक्दै आएको लोकप्रिय […]