ओलम्पिकमा फहरायो नेपाली झन्डा
काठमाडौं — ३२औं गृष्मकालीन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रूपमा सुरु भएको छ। जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए। कार्यक्रममा जापानको सांस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो। टोकियो ओलम्पिक आयोजक […]