सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने
काठमाडौँ —सरकारले बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । जसमा दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ […]