सुदूरपश्चिममा ३५ वर्ष मुनिका युवा चोरीमा संलग्न
धनगढी– सुदूरपश्चिममा चोरीका घटना एकपछि अर्को बढ्दै गएको पाइएको छ। पाँच महिनाको अवधिमा मात्र ३७ चोरीका घटना प्रहरीमा दर्ता भएको पाइएको हो। बैतडी, डडेल्धुरा, अछाम र बाजुरा बाहेक पाँच जिल्लामा बैशाखदेखि भदौसम्म चोरीका ३७ घटना प्रहरीमा दर्ता भएका छन्। सबैभन्दा बढी कैलालीमा २१ वटा चोरीका घटना भएका छन्। यस्तै, कञ्चनपुरमा १०, बझाङमा ४ र दार्चुला […]