हिमपात र वर्षाले किसान खुसी, भूकम्प पीडितलाई सास्ती
जाजरकोट/मुगु— लामो समयपछि बिहीबार बिहानै परेको हिमपात र पानीले खेतीबाली सप्रने भएकाले किसान खुसी भएपनि भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडित भने समस्यामा परेका छन्। चिसोका कारण उनीहरू थप समस्यामा परेका छन्। जाजरकोटका बारेकोट, जुनीचाँदे र कुशे गाउँपालिकाका अधिकांश भूभागमा हिमपात भएको छ। भेरी नगरपालिकाको मछाइना र पाँचकाटिया, नलगाडको जुरेली, खालचौर, चाउलेचौर, छेडागाडको दशेरा, पजारुलगायतका क्षेत्रमा […]