भारतमा बाढीमा परेर ३२ जनाको मृत्यु : १८ जिल्ला प्रभावित
काठमाडौं – उत्तरी भारतमा लगातारको २४ घण्टाको बाढीका कारण गएको पहिरोका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ। आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए। आसामका कुल ९ जनाको ज्यान गएको छ। त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ। पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ। […]