• होमपेज
  • अन्तर्राष्ट्रिय
  • मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने

मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने

  • सोमवार, बैशाख २९, २०८२
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । स्थानीय समयअनुसार सोमबार राति ८ बजे मोदीले सम्बोधन गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

पहलगाम हमला, पाकिस्तानसँगको तनाव र युद्धविरामपछि मोदीले राष्ट्रको नाममा गर्न लागेको यो पहिलो सम्बोधन हुनेछ । दुई देशबिच शनिबार युद्धविराम गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाले सञ्चालन गरेको अपरेसन सिन्दूर र त्यसपछिको अवस्थाबारे जानकारी दिने बताइएको छ । भारतले गत ७ मे मा पाकिस्तानविरुद्ध अपरेसन सिन्दूर चलाएको थियो ।

हालसम्म पाकिस्तानले गरेको गोलाबारीमा भारतमा ७ जना सुरक्षाकर्मीको मृत्यु भएको र ६० जना घाइते भएको दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यसका साथै २७ जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार